समाचार

प्रचण्डको ओलीलाई प्रस्ताव प्रधानमन्त्री बन्नुस्

१२ फाल्गुन २०७८, बिहीबार १४:३३
प्रचण्डको ओलीलाई प्रस्ताव प्रधानमन्त्री बन्नुस्

१२ फगुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय सरकारको नेतृत्व गर्न प्रस्ताव राखेका छन् ।

एमालेका एक स्थायी कमिटी सदस्यले आज दिउँसो भएको भेटमा प्रचण्डले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको दाबी गरे । प्रधानमन्त्रीले पनि किचलो भइरहेको भन्दै गठबन्धन तोडेर जान आफू तयार रहेको र सहकार्य गर्ने प्रस्ताव राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्