समाचार

बैठक स्थगित भएपछि संसद भवनभित्रै छलफल गर्दै देउवा-ओली

१२ फाल्गुन २०७८, बिहीबार ०९:३५
बैठक स्थगित भएपछि संसद भवनभित्रै छलफल गर्दै देउवा-ओली

१२ फगुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली छलफलमा जुटेका छन्।

भेटमा कांग्रेस महामन्त्री गगन थापा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकका लागि बानेश्वरस्थित संसद् भवन पुगेका प्रधानमन्त्री देउवाले बैठकमा छलफल गर्ने वातावरण नबनेपछि बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाले एमालेसँग सहमति गर्ने भन्दै आजको संसद बैठक स्थगित गर्न आग्रह गरेका थिए। बैठक स्थगित भएपछि उनी एमालेसँग छलफलमा जुटेका हुन्।

प्रतिक्रिया दिनुहोस्