समाचार

प्रचण्डले भने प्रधानमन्त्रीलाई भने ‘एमसीसी पास गर्न हतार नगरौँ’

१२ फाल्गुन २०७८, बिहीबार ०६:५७
प्रचण्डले भने प्रधानमन्त्रीलाई भने ‘एमसीसी पास गर्न हतार नगरौँ’

१२ फागुन, काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । बिहीबार बिहान प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच छलफलको केही समयपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि सहभागी भएका हुन् ।

शर्माका अनुसार तीन नेताबीच एमसीसीको विषयमा करिब आधा घन्टा छलफल भएको थियो । सरकार तत्कालै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन गराउने तयारीमा छ भने माओवादी केन्द्र संशोधनविना अनुमोदन गराउने पक्षमा छैन । एकीकृत समाजवादीमा भने दुई धार देखिएको छ ।

बिहीबार बिहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार गएको प्रचण्ड सचिवालयले पुष्टि जनाएको हो। संसद् बैठक बस्नु अगाडि कांग्रेसबाहेकका सत्ता गठबन्धनका तीन दलको बैठक बसेर छलफल गरेपश्चात प्रचण्ड बालुवाटार गएका हुन्।

प्रतिक्रिया दिनुहोस्