मनोरञ्जन

पल शाह र समीक्षा अधिकारी काण्डमा दुर्गेश थापाको इन्ट्री

१२ फाल्गुन २०७८, बिहीबार ०६:३८
पल शाह र समीक्षा अधिकारी काण्डमा दुर्गेश थापाको इन्ट्री

१२ फागुन, काठमाडौं । बलात्कारको आरोप खेपीरहेका कलाकार पल शाहले नयाँ रहस्य खोलेका छन् । उनले बिहीबार सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफू र एक गायिकासँगको सम्बन्धबारेको अडियो सार्वजनिक भएपछि आफूलाई ‘फसाउन खोज्ने व्यक्ति’ भन्दै ४ जनाको नामसमेत सार्वजनिक गरेका हुन् । जसमा गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँको आवाज छ । उनीहरुले समिक्षासहितकाे टोली बनाएर पललाई फसाउने योजनानै बनाएको पाइएको छ ।

१७ वर्षीया एक गायिकाले बलात्कारको आरोपको लगाएर प्रहरीमा उजुरी दिएपछि पलले फेसबुकमा आफूमाथि गम्भीर षड्यन्त्र भएको लेखेका छन् । उनले आफू दोषी भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

अडियोमा टाेलीमध्ये कसैले दुर्गशलाई भनेका छन्, ‘यो केसमा तिमी (समीक्षा) बाहेक हामी देखिनु हुँदैन । हामी कोही देखिनु हुँदैन । तिमी आफै लड्ने हो । हामी सपोर्ट मात्रै गर्ने हो।’ उक्त अडियोमा आफूहरु पर्दा पछाडि रहने र समिक्षाले नै सबै काम गर्नु पर्ने भनिएको छ । कलाकार पल शाहबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्