समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

१२ फाल्गुन २०७८, बिहीबार ०६:०२
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट वार्ता भएको छ।

अध्यक्ष प्रचण्ड संसद्मा टेबल भएको अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताका विषयमा छलफल गर्न पुगेका हुन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो । एमसीसीबारे आजदेखि संसदमा छलफल सुरु हुँदैछ । त्यसअघि बसेको तीन दलका शीर्ष नेताहहरुको बैठकमा मत विभाजनमा जाँदा के गर्ने भन्नेबारे छलफल भएको हो ।

सरकारले यही फागनु ८ गते बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको थियो । आजदेखि बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्