राजनीति

कुलमान घिसिङकी श्रीमती राप्रपाको उपाध्यक्ष बनिन्

१२ फाल्गुन २०७८, बिहीबार ०५:५३
कुलमान घिसिङकी श्रीमती राप्रपाको उपाध्यक्ष बनिन्

१२ फागुन, काठमाडौं ।नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको श्रीमती दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमाचयन भएकी छिन् ।

राप्रपाका अनुसार तामाङलाई धादिङको रुबिभ्यालीबाट प्रतिनिधित्व गर्ने गरी पार्टीको जिल्ला उपाध्यक्ष बनाइएको हो। कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोनयन गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष बनाईएको अध्यक्ष ध्रुव खनालले बताए ।

यस्तै संगठन विस्तार गर्ने गरी बेनीघाट रोराङबाट उपाध्यक्षमा शालिकराम सिलवाल र पार्टीलाई आवश्यक स्रोत व्यवस्थावन गर्ने जिम्मेवारी सहित रुबीभ्यालीबाट घिसिङको श्रीमती दीपा तामाङलाई उपाध्यक्षमा चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्