समाचार

सत्ता गठबन्धनका शीर्ष तीन नेताको छलफल

१२ फाल्गुन २०७८, बिहीबार ०५:२३
सत्ता गठबन्धनका शीर्ष तीन नेताको छलफल

काठमाडौं । एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष तीन नेताको छलफल बसिरहेको छ ।

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता नेता झलनाथ खनाल छलफलमा रहेका हुन् ।

उनीहरु बिहीबार बिहान नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलमा जुटेको हुन् । यसअघि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी दुवै एमसीसीको विपक्षमा उभिने निर्णयमा पुगेको थियो । यद्यपि एमसीसी संसदमा टेबुल भइसकेको छ । आज बिहीबार दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । उक्त बैठकमा एमसीसीबारे छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्