समाचार

चार न्यायाधीशले एमालेलाई सक्न खोजे, तर खुट्टा टेकिसक्यौँ : केपी ‌ओली

११ फाल्गुन २०७८, बुधबार १२:५५
चार न्यायाधीशले एमालेलाई सक्न खोजे, तर खुट्टा टेकिसक्यौँ : केपी ‌ओली

११ फागुन, काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले एमालेलाई समाप्त गर्ने दुस्साहस गरेको आरोप लगाएका छन्।

मंगलबार आफ्नो ७१औं जन्मदिनको अवसर पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुसँग ओलीले संसद विघटन र सर्वोच्चको आदेशप्रति लक्षित गर्दै एमालेलाई पछारेको बताएका हुन्।

‘सर्वोच्च अदालतका चारजना न्यायाधीशले एमालेलाई पछार्ने प्रयास गरे’, उनले अगाडि भने, ‘तर एमालेले अब आफ्नो खुट्टा टेकिसकेको छ। कसैले समाप्त गर्न नखोजे हुन्छ। सर्वोच्च अदालतले गत असार २८ गते प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा फैसला दिँदै ओलीलाई सत्ताबाट हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

ओलीले २०७८ साल जेठ २ गतेको प्रतिनिधि सभा विघटनलाई बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने ४ न्यायाधीशहरुविरुद्ध खनिएका हुन् । ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटनलाई बदर गर्दै २०७८ असार २८ गते सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउने बाटो खोलिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्