मनोरञ्जन

पल शाहबिरुद्ध जबर्जस्ती करणीमा किटानी जाहेरी

११ फाल्गुन २०७८, बुधबार १२:४४
पल शाहबिरुद्ध जबर्जस्ती करणीमा किटानी जाहेरी

११ फागुन, काठमाडौँ। अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गराएकी गायिका समीक्षा अधिकारीको मेडिकल चेकअप भएको छ ।

अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गराएकी हुन् ।यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा शाहविरुद्ध जाहेरी दिएकी अधिकारीले त्यहाँस्थित प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । सोही सुझावअनुरूप अधिकारीले आज तनहुँ प्रहरीमा उजुरी दिएकी छन् ।

ती १७ वर्षीया किशोरी गायिकालाई जबर्जस्ती प्रेमसम्बन्धमा पारेर करणी गरेको आरोप अभिनेता शाहमाथि लागेको छ। एक महिनाअघि ती गायिका शाहबिरुद्ध उजुरी लिएर कास्की प्रहरी पुगे पनि कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै तनहुँ प्रहरीमा पठाएको थियो।

नेपालको कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमैशारिरिक सम्बन्ध राखिए पनि त्यो बलात्कार मानिन्छ। सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती भएको पल शाह र ती गायिकाबीचको अडियोमा अभिनेता स्वयम्‌ले शारिरिक सम्बन्ध राखेको स्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्