समाचार

सत्ता उल्ट्याउन षडयन्त्र रचिरहेका छन्-प्रचण्ड

११ फाल्गुन २०७८, बुधबार १०:४४
सत्ता उल्ट्याउन षडयन्त्र रचिरहेका छन्-प्रचण्ड

११ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अहिले फेरि पुरानै सत्ता उल्ट्याउन कोशिस भइरहेको उल्लेख गरेका छन्।

एमसीसी विवादले सत्ता गठबन्धन फुटको डिलमा पुगेका बेला सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले पुरानै सत्ता उल्ट्याउन क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ । उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’

प्रतिक्रिया दिनुहोस्