मनोरञ्जन

कलाकार जयनन्द लामाको निधनको कारण खोज्दै प्रहरी

११ फाल्गुन २०७८, बुधबार ०६:२५
कलाकार जयनन्द लामाको निधनको कारण खोज्दै प्रहरी

११ फागुन, काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।

वरिष्ठ कलाकार एंव लोक गायक जयनन्द लामाको निधनबारे अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । लामाको बिहान ज्यान गएको भन्दै प्रहरीलाई आफन्तले खबर गरेका थिए । लामाको भक्तपुरमा रहेको आफ्नै निवासमा निधन भएको हो । ग

एराति ९ बजे मिटिङ भन्दै काठमाण्डौ बौद्ध गएका लामा बा ३ च ७७४१ नम्बरको कारमा फर्किनु भएको थियो । तर, खुट्टा कारमा र शरीर घोप्टो परि टाउको भुइँमा जोतिएको अवस्थामा भेटिएको  परिवारका सदस्यले बताएका प्रहरीले जनाएको छ ।

उनको टाउकोमा चोट लागेको भनिए पनि निधन हुनुको कारण नखुलेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । कलाकार लामा लामो समयदेखि गीत–संगीत क्षेत्रमा सक्रिय थिए । उनको पछिल्लो गीत र्दुइ साताअघि मात्र सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्