समाचार

ओली र गृहमन्त्री भेट, ओलीले भने पहिला एमालेलाई न्याय पछि एमसीसी’

११ फाल्गुन २०७८, बुधबार ०६:१४
ओली र गृहमन्त्री भेट, ओलीले भने पहिला एमालेलाई न्याय पछि एमसीसी’

११ फागुन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न भक्तपुरको बालकोट पुगेका छन्।

‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो,’ एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाँईले भेटवार्ताबारे भने, ‘अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताए ।’

प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ । सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ । बाँकी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् ।

मंगलबार रातिसम्म सरकारी निवास बालुवाटारमै विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका देउवाले बुधबार बिहानैदेखि संवादलाई थप गति दिएका हुन् ।प्रधानमन्त्रीको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहानै सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि नेकपा एमालेका अध्यक्ष ओलीलाई निवासमै पुगेर भेटेका छन् । मि

प्रतिक्रिया दिनुहोस्