समाचार

लोसपा संसदीय दलको बैठक बस्दै

११ फाल्गुन २०७८, बुधबार ०५:१३
लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ ।

उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी दाबी गर्दै आएको (लोसपा)को आजको बैठकले यस सम्बन्धमा ठोस धारणा सार्वजनिक गर्ने बताइएको छ । उक्त पार्टीको संसदीय दल १३ सदस्यीय छ ।

लोसपाको आजको बैठकले एमसीसीमा ठोस धारणा सार्वजनिक गर्ने बताइएको छ । एमसीसी सम्झौता अनुमोदनका लागि आइतबार संसदमा पेस भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्