समाचार

पाटेबाघको आक्रमणबाट महिलाको मृत्यु

११ फाल्गुन २०७८, बुधबार ०४:५५
पाटेबाघको आक्रमणबाट महिलाको मृत्यु

११ फागुन, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।  ठाकुरबाबा नगरपालिका ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुकाे पाटे बाघकाे आक्रमणबाट हिजो बेलुका ज्यान गएकाे मध्यवर्ती क्षेत्र अन्तर्गत बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खनालले जानकारी दिए ।

बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

मृतककाे आधा खुट्टा, हात खाएकाे र क्षत विक्षत अवस्थामा शव फेला परेकाे जनाइएको छ । मृतक थारुकाे शव राति नै पाेस्टमार्टमका लागि गुलरिया लगिएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्