समाचार

प्रचण्डलाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा

११ फाल्गुन २०७८, बुधबार ०३:५९
प्रचण्डलाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा

११ फागुन, काठमाडौं । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगेका छन् ।

संसदमा पेश भएको एमसीसी पास गर्न सघाउ आग्रह गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन्।

हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका देउवाले आज प्रचण्डलाई भेटेका उनको सचिवालयले जनाएको छ। अहिले भेट जारी छ।

देउवा र ओलीबीच हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । हिजोको भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले पहिले आफूहरुको माग पूरा गर्न भनेका थिए ।हिजो एमाले अध्यक्ष ओलीबाट आफूहरूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म सहयोग नगर्ने जवाफ पाएका देउवा सकेसम्म सत्तारुढ दलभित्रै सहमति जुटाउन प्रयासरत छन्।

प्रतिक्रिया दिनुहोस्