समाचार

एमसीसी पारित नगर्न आग्रह गर्दै वैद्यले भेटे प्रचण्ड

१० फाल्गुन २०७८, मंगलवार १६:१७
एमसीसी पारित नगर्न आग्रह गर्दै वैद्यले भेटे प्रचण्ड

१० फागुन, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

मंगलबार बिहान नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार गएका थिए । करिब आधा घण्टा भएको भेटमा मुख्यत एमसीसीकै विषयमा छलफल भएको महासचिव वैद्यले जानकारी दिए ।

भेटमा प्रचण्डले यथास्थितिमा एमसीसी पास नहुने र विपक्षीमा मतदान गर्ने बताएका छन्। वैद्यले एमसीसीको विरोधका क्रममा पक्राउ परेका कार्यकर्ताको रिहाइका लागि पहल गर्न आग्रह गरेका छन्।

यस्तै आठ दलीय मोर्चाले एमसीसी पारित नगर्न दबाबका लागि विरोध कार्यक्रम घोषणा गरेको छ। मोर्चाले फागुन ११ गते ११ बजे बानेश्वरमा विरोध कार्यक्रम तय गरेको छ। ११ गते साँझ देशब्यापी मशाल जुलुस र १२ गते १२ बजे संसद् भवन घेराउ कार्यक्रम तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्