समाचार

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

१० फाल्गुन २०७८, मंगलवार १५:५५
एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

१० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ।

ओली निवास बालकोटमा मंगलबार पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओली र राजदूत बेरीबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

संसद्मा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबुल भएको र अब बस्ने संसद् बैठकमा छलफल हुने भएपछि यसबारेमा छलफल भएको बताइएको छ । अध्यक्ष ओली र राजदूत बेरीबीच भेटवार्तापछि बालुवाटार गएका ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्