समाचार

नेपाल स्काउटको प्रधान कार्यालयमा तोडफोडसहित चोरी

१० फाल्गुन २०७८, मंगलवार १५:०८
नेपाल स्काउटको प्रधान कार्यालयमा तोडफोडसहित चोरी

१० फागुन, काठमाडौं । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा एक अपरिचित समूहले कार्यालय तोडफोड र चोरी गरेको छ ।

लैनचौरस्थित कार्यालयमा मंगलबार दिँउसो १ बजेर ५० मिनेटमा आएका युवाहरूको समूहले कर्मचारीमाथि हातपात गर्दै तोडफोड गरेको हो । उनीहरुले कार्यालयको ल्यापटप समेत चोरेर लगेको नेपाल स्काउटले जनाएको छ ।

साथै तोडफोड पछि त्यो समूहले चोरी समेत गरेको नेपाल स्काउटले बताएको छ । मंगलबार नेपाल स्काउटले पत्रकार सम्मेलन गरि तोडफोड पछि त्यो समूहले चोरी गरेको जानकारी दिएको छ । स्काउटको स्वामित्वमा रहेको जग्गा र व्यवसायीक भवनहरु खड्का ल्याण्ड डेभलपमेण्टले भाडामा लिएर अवैध संरचना बनाएको र त्यसलाई रोक्न खोज्दा खड्का ल्याण्ड डेभलपमेण्टका मान्छेहरुले नै स्काउट कर्मचारी तथा कार्यालयमा नै तोडफोड गरेको आरोप नेपाल स्काउटले लगाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले खड्काल्याण्ड डेभलपमेण्ट प्रा.ली.ले भाडा बापत ३ करोड १७ लाख ८ हजार ९ सय १० रुपैयाँ भाडा नतिरेकाले तीर्न ताकेता गर्दा एक समूहले कार्यालयमा तोडफोड गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्