समाचार

प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

१० फाल्गुन २०७८, मंगलवार १४:४३
प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

१० फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

देउवा र ओलीबीच भेट चलिरहँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल पनि बालुवाटार पुगेका छन्। एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र एकमत हुन नसकेको बेला ओलीसहितका नेता बालुवाटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसी पास गर्न सहमति नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद बढाएका छन् । एमसिसी संसदमा टेबुल गर्नुअघि पनि देउवा आफैँ बालकोट पुगेर ओलीलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्