राजनीति

फेरी सर्‍यो प्रदेशसभा बैठक

१० फाल्गुन २०७८, मंगलवार ०५:५९
फेरी सर्‍यो प्रदेशसभा बैठक

८ फागुन, काठमाडौं।मधेश प्रदेशको प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित भएको छ। आज बोलाइएको बैठक २२ गतेसम्म स्थगित गरिएको मधेश प्रदेशका उपसभामुख उपमाकुमारी देवले जानकारी दिइन्।

नेपाली कांग्रेसको जिल्ला अधिवेशन, सभामुखको पोखरा भेला र प्रदेशसभा भवन जाने बाटो मरम्मत भइरहेकोले आवतजावतमा समस्या भएको भन्दै आज बस्ने भनिएको बैठक स्थगित गरिएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

मन्त्री यादव आफैँ प्रस्तावक भएकाले संकल्प प्रस्तावका बारेमा भएका छलफल सुन्नुपर्ने र जवाफ दिनुपर्ने भएकोले बैठकलाई स्थगित गरिएको जनाइएको छ।  मन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्ताव बारेमा छलफल गर्न प्रदेशसभाको बैठक आज अपराह्न २ बजेका लागि बोलाइएको थियो।

प्रतिक्रिया दिनुहोस्