समाचार

उम्मेदवारको सूची तयार पार्दै माओवादी

१० फाल्गुन २०७८, मंगलवार ०५:२५
उम्मेदवारको सूची तयार पार्दै माओवादी

१०फागुन काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सूची तयार गर्ने भएको छ ।

सोमवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र आन्तरिक परिपत्र जारी गर्दै निर्वाचनका लागि लोकप्रिय उम्मेदवारको सूची तयार पार्न निर्देशन दिएको हो ।

पार्टीका  तल्लो  तहका  कमिटीलाई  पठाइएको  परिपत्रमा  सम्भावित उम्मेदवारको सूची जिल्ला कमिटीहरूलाई बुझाउन निर्देशन दिइएको छ । सूची  तयार  पार्दा  वडामा  सक्षम,  इमानदार  र  लोकप्रिय  हुनुपर्ने  उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्