समाचार

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

९ फाल्गुन २०७८, सोमबार १२:२५
एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

९ फागुन, काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले संसदमा दर्ता भएको एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बैठकबाट पार्टीले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय भएको बताएका छन् । उनले अन्य पार्टीलाई पनि विपक्षमा मतदान गर्न प्रेरित गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्