समाचार

लालु यादवलाई थप ५ वर्ष जेल र ६० लाख जरिवाना

९ फाल्गुन २०७८, सोमबार ०९:३८
लालु यादवलाई थप ५ वर्ष जेल र ६० लाख जरिवाना

९ फागुन, काठमाडौं। बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई झारखण्डका सीबीआइको विशेष अदालतले चारा घोटालाको पाँचौं मामिलामा पाँच वर्षको कैद र ६० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

झारखण्डसँग सम्बन्धित चारा र पशुपालन घोटालाको यो पाँचौं र अन्तिम मामिला थियो । १५ फेब्रुअरीमा बदालतले लालुलाई दोषी ठहर गरेको थियो । झारखण्डसँग सम्बन्धित दाना र पशुपालन घोटालाको यो पाचौं प्रकरण थियो ।

फेब्रुअरी १५ मै अदालतले लालुलाई दोषी ठहराएको थियो । सन् २०१३ मा लालुलाई भ्रष्टाचार आरोपमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको थियो । टाइम्स अफ इण्डियासँग लालुका वकिल प्रभात कुमारले भने ‘लालु यादव ३० अगष्ट २०१८ मा रांचीको रिम्स अस्पतालमा सारिएका थिए र १३ फेब्रुअरी २०२१ सम्म रहेका थिए । पछि दिल्लीको एम्समा सारिएको थियो ।’

लालुलाई गत वर्ष अप्रिलमा एम्सबाट डिस्चार्ज गरिएको थियो । त्यसपछि उनले जमानत पाएका थिए । १५ फेब्रुअरीमा चारा घोटालाको अन्तिम मामिलामा दोषी ठहर भएका उनले जेल प्रशासनबाट रिम्समा भर्ना हुने अनुमति पाएका छन् । ९० को दशकको चर्चित करोडौं रुपैयाँको पशुपालन घोटालामा सीबीआइले त्यतिबेला कूल ६६ मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्