समाचार

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

९ फाल्गुन २०७८, सोमबार ०९:२२
एकीकृत समाजवादीको सचिवालय बैठक जारी

९ फागुन, काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक जारी छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पक्षमा समर्थन गर्नेकी नगर्ने बारे छलफल भइरहेको जनाइएको छ ।

नेकपा समाजवादीभित्र एमसिसीलाई समर्थन गर्ने नगर्नेबारे विवाद चर्केको छ । अध्यक्ष माधव कुमार नेपाल एमसिसीको पक्षमा छन् भने सम्मानित नेता झलनाथ खनालले टेबुल भएकोमा बिरोध जनाउँदै आएका छन् ।

अध्यक्ष नेपाल पक्षले एमसीसी परिमार्जनको अडानसहित सदनमा टेबुल गर्न सरकारलाई सैद्धान्तिक सहयोग गरेको बताएको छ । अब परिमार्जनको विषय सदनमा उठाउने शहरी विकास मन्त्री समेत रहेकी नेकपा एसकी नेतृ रामकुमारी झाक्रीले बताइन् । आजको बैठकमा एमसीसीको सम्बन्धमा संसदमा अपनाइने रणनीतिका विषयमा छलफल हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्