समाचार

प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षलाई विप्लवका कार्यकर्ताले दले कालोमोसो

९ फाल्गुन २०७८, सोमबार ०९:११
प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षलाई विप्लवका कार्यकर्ताले दले कालोमोसो

९ फागुन, काठमाडौं। प्यूठान प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा र मल्लरानीका अध्यक्ष अमंरध्वज रानालाई विप्लवका कार्यकर्ताले कालोमोसो दलेका छन् ।

वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठनसम्बन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी युवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए।

 थापाका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्लसहितको युवाको समूहले अभद्र व्यवहार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्