समाचार

बालिका जबरजस्ती बलात्कार गरेको आरोपमा इन्जिनियर पक्राउ

८ फाल्गुन २०७८, आईतवार १५:०६
बालिका जबरजस्ती बलात्कार गरेको आरोपमा इन्जिनियर पक्राउ

८ फागुन, काठमाडौं। नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा चितवनमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार सोही ठाउँकी ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय पौडेललाई शनिबार पक्राउ गरिएको हो ।

पौडेललाई जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । नाबालिकाकी आमाले आइतबार जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी निवेदन दिएकी थिइन् ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले पौडेल भरतपुर महानगरपालिका अन्तर्गत वडा नं २९ मा सबइञ्जिनीयर पदमा कार्यरत रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्