समाचार

जबरजस्ती एमसीसी टेबल गरियो, हाम्रो आपत्ति छ : महरा

८ फाल्गुन २०७८, आईतवार १४:४१
जबरजस्ती एमसीसी टेबल गरियो, हाम्रो आपत्ति छ : महरा

८ फागुन, काठमाडौं। प्रतिनिधिसभामा एमसीसी प्रस्ताव टेबल भएपछि पूर्वसभामुख कृष्ण बहादुर महराले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारले विवाद र विरोधका बीच मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता पेस भएको घटनाप्रति आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको ध्यानाकर्षण भएको बताएका हुन् ।

देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्‍नसक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबरजस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति गम्भीर आपत्ति छ,’ महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्