समाचार

टिप्परको ठक्करबाट बालिकाको मृत्यु

८ फाल्गुन २०७८, आईतवार ०६:४०
टिप्परको ठक्करबाट बालिकाको मृत्यु

८ फागुन, भक्तपुर । भक्तपुरमा टिपरले ठक्कर दिएर ८ वर्षीया बालिकाको मृत्यु भएको छ।

काभ्रे महाभारत गाँउपालिका-२ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने सूर्यबहादुर मगरकी ८ वर्षीया छोरी बिनिता मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

शनिवार साँझ टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो । बालिकाका बुवा आमा सुडालस्थित बिएम इट्टा–भट्टामा काम गर्छन् । बालिकालाई ठक्कर दिने टिप्पर चालक भक्तपुर नगरपालिका–८ स्थित जेला बस्ने २७ वर्षीय राजेश कुश्मालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्