समाचार

तीन हप्ता नबित्दै पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

७ फाल्गुन २०७८, शनिबार १६:०७
तीन हप्ता नबित्दै पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

७ फागुन,काठमाडौं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

 निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साविकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरेको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु.५.६१ ले बढेको, डिजेल रु.५.६२ ले बढेको र हवाई इन्धन रू. ४.९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब रू. २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्