मनोरञ्जन

लोकेश गोरालको दोस्रो प्रस्तुति ‘तेरै चल्ने भयो राज’ सार्वजनिक

६ फाल्गुन २०७८, शुक्रबार ११:३४
लोकेश गोरालको दोस्रो प्रस्तुति ‘तेरै चल्ने भयो राज’ सार्वजनिक

काठमाडौं। पछिल्लो समय युवाहरु संगीत तथा गीतमा धेरै आकर्षण भएका छन् । यस्तै अहिले कर्णालीका युवाहरु पनि देउडा तथा लोक दोहोरी र र्याप तथा पपमा धेरै आकर्षित भएका छन् ।

अहिले यस्तै कालिकोटका युवा गायक तथा लेखक हुन्- लोकेश गोराल (लाहुरे) । उनले दुई वटा गीतमा आफ्नो स्वर दिएका छन् । दुई गीत लेखेका छन् । उनका गीतले त्यति चर्चा भने पाएन् । तर बजारमा एक किसिमको मायोल भने बनाए ।

उनको हिजोमात्र सार्वजनिक भएको नयाँ म्युजिक भिडियो ‘तेरै चल्ने भयो राज’ बजारमा ल्याएका छन् । उक्त गीतमा स्वर सुदूरपश्चिमका चर्चित चर्चित गायक टंक तिमिल्सिना स्वर रहेको छ ।

लोकेश गोराल (लाहुरे)को दोस्रो प्रस्तुति हो । जसमा शब्द लोकेश गोरालको रहेको छ । चर्चित गायक टंक तिमिल्सिना र स्वयम् लोकेश गोरालले सयुक्त संगीत भरेका छन् ।  भिडियोमा ललित बिश्वकर्मा, लक्ष्मी सुनार, ईबसल सन्ज्याल र पासश सरियारको अभिनय रहेको छ ।

लाहुरे सानै देखि गीत सुन्न गाउन रुचाउँथे । उनले सानैमा गीत गाउने र अभिनय गर्ने सपना देखेका लाहुरे। उनले आफ्नो सपना पुरा गरेका छन् । उनको पहिलो प्रस्तुति ‘पैसा’ (हराउन्छु जवानीमा)मा बजारमा ल्याएका थिए । तर गीतले सोचेको जस्तो सफलता भने पाउनसक्ने ।

करिब एक महिनापछि नयाँ दोस्रो प्रस्तुति बजारमा ल्याएका छन् । उनी अहिले बिदेशी रोजगार अवसरमा दुवैमा छन् । तर पनि नेपाली मौलिकता, रहनसहन र लोक देउडालाई भने बिर्सेका छैन । उनी बिदेशीमा भएपनि नेपाली गीत संगीतलाई बिर्सेका छैन ।

हेर्नुहोस् लोकेश गोरल लाउरेको दोस्रो प्रस्तुति:

https://www.youtube.com/watch?v=EajiSZTUNDs

प्रतिक्रिया दिनुहोस्