मनोरञ्जन

ललित विश्वकर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक

६ फाल्गुन २०७८, शुक्रबार ०५:१५
ललित विश्वकर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल मोडेल हुन्-ललित विश्वकर्मा । उनी कर्णाली लोक तथा देउडा गीतमा जमेका मोडेल हुन् । उनले अभिनय गरेका धेरै गीत सुपरहिट छन् ।

विश्वकर्माले बजारमा फेरी एक देउडा गीत ल्याएका छन् । चर्चित गायक टंक तिमिल्सेनाको स्वरमा रहेको ‘तेरै चल्ने भो राज’ बोलको गीत लोकेश गोरालको अफिसियल युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक भएको छ ।

लोकेश गोरालको शब्द रहेको गीतमा गायक टंक तिमिल्सेना र गोरालले सयुक्त संगीत दिएका छन् । केशब बडूले एरेन्ज गरेका छन् ।भिडियोमा ललितसहित लक्ष्मी सुनार, इबसल संज्याल र पारस परियारको अभिनय रहेको छ ।  उक्त भिडियोमा ललितले नयाँ कलाकारसंग सहकार्य गरेका छन् ।

भिडियो माया र प्रेममा आधारित भएर गीतलाई प्रस्तुत गरिएको छ । ललितले अहिलेसम्मकै राम्रो अभिनय गरेका छन् । ललितले आफ्नो माया प्रेममा फकाउनको लागि केटिलाई‘सिंगो नेपालभरि तेरै चल्ने भो राज’ भनेर बर्णन गर्दै फकाउँदै छन्। भिडियो सम्पादक अलि कमजोरी देखिए पनि ललितसाहित अन्य मोडेलको जोस र जागरले गर्दा भिडियो राम्रो देखिएको छ ।   

हर्री कडेलद्वरा छयांकन भएको भिडियोलाई मन बहादुर ओलीले सम्पादन गरेका छन् । भिडियोलाई मोडेल स्वयम् ललितले निर्देशन तथा कोरियोग्राफि गरेका छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/EajiSZTUNDs

प्रतिक्रिया दिनुहोस्