समाचार

सत्ता गठबन्धनकाे बैठक बस्दै

६ फाल्गुन २०७८, शुक्रबार ०२:५४
सत्ता गठबन्धनकाे बैठक बस्दै

६ फागुन, काठमाडौं। अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो।

कांगेसले एमसिसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् । तर १६ फागुनभित्र एमसिसीबारे निर्णय लिइसक्नुपर्ने बाध्यता रहेकाले गठबन्धनमा दाैडधुप बढेकाे हाे ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्