समाचार

काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला

६ फाल्गुन २०७८, शुक्रबार ०२:४७
काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला

६ फागुन, काठमाडौं। काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पेट्राेल पम्पअगाडि सडक पेटीमा जेब्रा झोला र बोरामा राखिएकाे अवस्थामा दुईवटा शंकास्पद वस्तु फेला परेकाे हाे। उक्त शंकास्पद वस्तु एमसीसी खारेज गर लेखिएको ब्यानरले छोपिएकाे महानगरीय प्रहरी परिसर काठमाडौँले बताएकाे छ। परिसरका अनुसार शंकास्पद वस्तु कुकर बम जस्तो देखिन्छ।

अमेरिकी सहयोग परियोजना एमसिसी सदनमा टेबल गर्न नहुने माग राख्दै पछिल्लो केही दिनयता प्रदर्शन बढिरहेको छ । बुधबार त्यसकै विरोधमा नेकपा ‘विप्लव’ समूहसहितका ५ साना दलले नेपाल बन्दको घोषणा पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्