समाचार

बालकोट बैठकमा पुनः फर्किए देउवा

५ फाल्गुन २०७८, बिहीबार १६:२४
बालकोट बैठकमा पुनः फर्किए देउवा

५ फागुन, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर  देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एक चरणको छलफल सकेर बालुवाटार निस्किएपनि लगत्तै अर्को चरणको वार्तामा बस्न फर्किएका छन् ।

अहिले एमालेका एक दर्जन नेताहरु पनि बालकोटमा भेला भएका छन् । बालकोटमा भेला भएपनि एमालेका अन्य नेताहरु भने बैठकमा सहभागी छैनन् । बिहीबार साँझ एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा पत्नी आरजुसहित उनको निवास बालकोट पुगेका हुन।

गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन् । भेटपछि देउवाले चाल्ने कदमलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्