समाचार

सासूको हत्या गरेको अभियोगमा बुहारीसहित २ जना पक्राउ

५ फाल्गुन २०७८, बिहीबार १५:४९
सासूको हत्या गरेको अभियोगमा बुहारीसहित २ जना पक्राउ

५ फागुन, दाङ। दाङमा एक महिलाको हत्या गरेको अभियोगमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानी गाउँका ५५ वर्षीया इन्द्रकुमारी घर्तीको हत्या अरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको हो। हत्या गरेको अभियोगमा उनकै बुहारी २३ वर्षीया बसन्ती घर्तीमगर र छिमेकी २२ वर्षीया दुर्गा घर्तीलाई व्यक्ति हत्या अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ।

बिहीबार बिहान करिब ८ बजे घरनजिकै रहेको खोल्सामा घर्तीको शव फेला परेको थियो। घरायसी विवादका कारण बुहारीले सासूको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्