समाचार

एमसीसी शुक्रबार संसदमा टेवल नहुने

५ फाल्गुन २०७८, बिहीबार १५:३२
एमसीसी शुक्रबार संसदमा टेवल नहुने

५ फागुन, काठमाडौं। शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल नहुने भएको छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति बन्ने अवस्था न्युन बन्दै गएको छ ।

एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिहीबार बेलुकी बिना निष्कर्ष टुंगिएको थियो ।शुक्रबार बिहान पुनः बस्ने गरी बैठक सकिएको थियो । जवाफमा देउवाले आफ्नो पार्टीले अनुमोदन गर्ने निर्णय गरिसकेका कारण अब पछि धकेल्न नमिल्ने पुरानै अडान दोहोर्याएरका थिए ।

‘हाम्रो पार्टीले निर्णय गरीसकेको छ, अब पछि हट्न सकिदैन । भोलीको प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल नहुने भएको छ ।प्रतिनिधिसभा बैठकअघि देउवा, प्रचण्ड र नेकपा एस (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भएको छलफलमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नसकिने बताएपछि देउवा पछि हटेका थिए ।

प्रतिक्रिया दिनुहोस्