समाचार

गठबन्धनको बैठक लगतै पत्नी आरजुसहित प्रधानमन्त्री देउवा ओली निवासमा

५ फाल्गुन २०७८, बिहीबार १५:२७
गठबन्धनको बैठक लगतै पत्नी आरजुसहित प्रधानमन्त्री देउवा ओली निवासमा

५ फागुन, काठमाडौं। सत्तारूढ गठबन्धनका दलहरूको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासहित पत्नी आरजु र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनी राति आठ बजे त्यहाँ गएका हुन् । सत्तारूढ गठबन्धनका दलहरूको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ।

गठबन्धनको बैठकमा देउवाले अमेरिकाले दिएको समयसिमाभित्र एमसीसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरु यसमा सहमत भएनन् । बैठक विनानिस्कर्ष सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्