समाचार

एउटा कोठामा एउटा अर्को कोठामा अर्को कुरा काँग्रेस गर्दैन- महामन्त्री थापा

५ फाल्गुन २०७८, बिहीबार ०५:५३
एउटा कोठामा एउटा अर्को कोठामा अर्को कुरा काँग्रेस गर्दैन- महामन्त्री थापा

५ फागुन, काठमाडौं । सत्ताधारी दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई विश्वास भएको कुरामा काँग्रेस अडिग रहने बताएका छन् ।

विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन कार्यक्रममा उनले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताए ।

महामन्त्री थापाले एमसीसीको नाम नलिइ भने, ‘काँग्रेस आफूलाई विश्वास भएको कुरामा अडिग रहेको छ । सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्दैन ।’

थापाले आफूलाई ठीक लागेको विषयमा काँग्रेस सँधै एउटै अडानमा रहने बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे । महामन्त्री थापाले भने, ‘बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन काँग्रेस । काँग्रेस सबै कुराको हेक्का राखेर आफ्नो अडानमा उभिन्छ ।’

प्रतिक्रिया दिनुहोस्