समाचार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, गठबन्धन बैठक ५ बजे सर्‍यो

५ फाल्गुन २०७८, बिहीबार ०५:४४
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, गठबन्धन बैठक ५ बजे सर्‍यो

५ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भएको छलफलमा सत्तागठबन्धनका शीर्ष नेताको बैठक दिउसो बोलाउने सहमति प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

बिषयमा सहमति नजुटे पनि ३ बजेका निम्ति निर्धारित दलीय बैठक ५ बजेलाई सार्न भने दुबै पक्ष तयार भएका छन् । सत्ता गठबन्धनका पाँच दलमध्ये नेकपा माओवादी,एकीकृत समाजवादी,जसपा र जनमोर्चा एमसिसीलाई जस्ताको तस्तै पास गर्न नहुने अडानमा छन् भने आज पनि काङ्ग्रेस सभापतिले एमसिसी सँसदमा पेश गरौं र पास गरौं भन्नुभएको छ । अघि बिहानको भेटअघि पछिको भन्दा तातो रहेको श्रोत बताउँछ ।

उक्त छलफलपछि गठबन्धनको बैठकको समय दुई घण्टा सारिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बेलुका ५ बजे बस्ने तय गरिएको प्रचण्डको सचिवालयले जानकारी दियो ।

तर, माओवादी केन्द्रले एमसीसीमा जबरजस्ती गरिए सरकार छाड्ने निर्णय गरेपछि देउवा पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाउन तयार भएका थिए । आज एमसीसीका विषयमा ‘निर्णायक’ छलफल हुन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्