समाचार

इनारमा खस्दा १३ जनाको मृत्यु

५ फाल्गुन २०७८, बिहीबार ०५:०५
इनारमा खस्दा १३ जनाको मृत्यु

एजेन्सी: भारत उत्तर प्रदेशको कुशीनगरस्थित नौरंगिया टोला गाउँमा भएको एक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। इनारमा खसेर उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मृत्यु भएका मध्ये ११ जनाको घटनास्थलमा र दुईजनाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। मृत्युहुनेमा बालबालिका र महिला रहेका छन्। घटनामा परि घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

बुधवार राति विवाहमा सहभागी भएकाहरु इनारमा खसेको सरकारी अधिकारीहरूले बताएका छन्। पुरानो इनारमा ढाकिएको स्ल्याबमा बस्दा स्ल्याबले तौलले धान्न नसक्कि भाँचिइएपछि उनीहरु इनारमा खसेका थिए।

प्रतिक्रिया दिनुहोस्