समाचार

नयाँ शैक्षिक सत्र आगामी जेठ १ देखि सञ्चालन गर्ने निर्णय

४ फाल्गुन २०७८, बुधबार १६:३१
नयाँ शैक्षिक सत्र आगामी जेठ १ देखि सञ्चालन गर्ने निर्णय

४ फागुन, काठमाडौं। शिक्षा मन्त्रालयले विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी जेठ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

गत फागुन ३ गते बसेको बैठकमा विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ भर्ना वैशाख महिनामा नै शुरू गरी २०७९ जेष्ठ १ गते देखि नियमित पठन पाठन सुरु गर्ने निर्णय गरिएको हो ।

विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षाहरू २०७९ वैशाखमा मात्र संचालन गर्ने र नतिजा प्रकाशनको काम समेत बैशाख महिना भित्रै सक्नुपर्ने केन्द्रको निर्णय छ ।

मन्त्रालयले शैक्षिक सत्र चैत्र मसान्तसम्मको पुरै अवधि विद्यालयले नियमित रूपमा पठन पाठन सञ्चालन गर्ने, विद्यालयले लिने सबै प्रकारका परीक्षाहरू वैशाखमा मात्र सञ्चालन गर्ने र नतिजा प्रकाशनको काम समेत बैशाख महिनाभित्रै सक्न पनि विद्यालयहरुलाई निर्देशन दिएको छ ।

विद्यालयहरूले पठन पाठन गर्दा कोभिड–१९ संकट व्यवस्थापन तथा समन्वय केन्द्रको माघ २३ गतेको सिफारिस अनुसार नै हुने गरी नियमित रूपमा सञ्चालन गर्नुपर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्