समाचार

भोलि गठबन्धनको ‘निर्णायक’ बैठकमा जसपा अध्यक्ष अनुपस्थित रहने

४ फाल्गुन २०७८, बुधबार १६:२४
भोलि गठबन्धनको ‘निर्णायक’ बैठकमा जसपा अध्यक्ष अनुपस्थित रहने

४ फागुन, काठमाडौं। एमसीसीको विषयमा सहमति जुटाउन बुधबार गठबन्धनको ‘निर्णायक’ बैठक बोलाइएको छ । तर, निर्णायक भनिएको यो बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित हुने भएका छन् ।

एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको जसपा पनि पछिल्लो समय एमसीसी पास गर्ने विषयमा मौन बसेको छ । बुधबार एमसीसीलाई प्रतिनिधिसभा बैठकको कार्यसूचीमा पार्न प्रयासरत काँग्रेसलाई जसपाले साथ दिएन । बैठकमा जसपा सहभागी नै भएन र एमसीसीको विषयमा एमालेकै लाइनमा उभिन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्