समाचार

एमसीसी टेबल गर्न भए गठबन्धन सरकारबाट बाहिरिने- प्रचण्ड

४ फाल्गुन २०७८, बुधबार १५:३४
एमसीसी टेबल गर्न भए गठबन्धन सरकारबाट बाहिरिने- प्रचण्ड

४ फागुन, काठमाडौं । बुधबार बिहानदेखिनै राजनीतिक वृत्त तरंगित बन्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्न जोडबल गरेपछि सबैको चासो माओवादी केन्द्रको संसदीय दलको बैठकमा रहेको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल गर्न प्रधानमन्त्री देउवाले जोड गरिरहँदा नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय गरेपछि दुई नेताबीच भेटवार्ता भएको थियो ।

गठबन्धनभित्र नै विरोध देखिएपछि आफू समस्यामा परेको भन्दै देउवाले दुखेसो पोखेको स्रोतको भनाइ छ । अमेरिकाले यसलाई गम्भीर रूपमा लिने र यसको प्रभाव देशमा नराम्रो पर्ने देउवाको भनाइ थियो ।

वैदेशिक सहायता, अनुदानमा रोकावट आउने भन्दै यसले दीर्घकालीन रूपमा समस्या पर्ने र सरकार पनि अप्ठ्यारोमा पर्ने देउवाको भनाइ थियो ।

पार्टी नेता र कार्यकर्तासमेत एमसीसीको विपक्षमा उभिएकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डको भनाइ थियो । उनले आफूलाई सभामुख अग्निप्रसाद सापकोटाले पनि साथ नदिएको उनले प्रधानमन्त्रीसँग दुस्खेसो पोखे । यसअघि महराजीले पनि मान्नु भएन अहिले अग्निजीले पनि साथ दिनु भएन’, प्रधानमन्त्रीसँग प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्