मनोरञ्जन

बैशाख ३ सलमानसहित भारतीय कलाकार टोली नेपाल आउने

४ फाल्गुन २०७८, बुधबार १५:१८
बैशाख ३ सलमानसहित भारतीय कलाकार टोली नेपाल आउने

काठमाडौं । बलिउड अभिनेता सलमान खान आगामी बैशाख ३ गते दशरथ रंगशालामा हुने सांगितिक कार्यक्रममा सलमान खानसहितको भारतीय कलाकार टोली नेपाल आउने भएको छ।

सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष शर्मा लगायतका कलाकार नेपाल आउँदैछन् । बलिउडका कलाकारहरुलाई ओडीसी इन्टरटेनमेन्टले नेपालमा ल्याउन लागेको जानकारी दिइएको छ । ओडीसीले बुधबार उनीहरुलाई भुक्तान गर्नुपर्ने रकममध्ये ४ करोड रुपैयाँ पर्यटन मन्त्रालयबाट राष्ट्र बैंकमा भुक्तानी पठाउन सिफारिस पत्र लिएको पनि बताइएको छ ।

यसअघि २०७४ फागुन २६ गते सलमानसहितका कलाकार नेपाल आउने भनिएको थियो । त्यतिबेला विवादका कारण उक्त कार्यक्रम रद्ध भएको थियो । तर, आगामी बैशाख ३ गते भने सलमान खानसहितको टोली नेपाल आउने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्