समाचार

बाबु हत्या गरेको आरोपमा छोरा पक्राउ

४ फाल्गुन २०७८, बुधबार १३:२३
बाबु हत्या गरेको आरोपमा छोरा पक्राउ

४ फागुन, दाङ। दाङमा ६३ वर्षीय बाबुलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शान्तिनगर गाँउपालिका-३ बस्‍ने १९ वर्षीय गोपाल मगर रहेका छन् । बुधबार दिउँसो १ बजे घरायसी झै-झगडामा मगरले तरकारी काट्ने चक्कुले आफ्नै बाबुको घाँटी रेटी हत्या गरेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्