समाचार

प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने

४ फाल्गुन २०७८, बुधबार १३:१८
प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने

४ फागुन, हेटौंडा। वाग्मती प्रदेशसभाको बैठक लामो समयपछि बस्ने भएको छ। प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने भएको हो।

बुधबार सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा बसेको सर्वदलीय बैठकमा प्रदेशसभाको फागुन १६ गते बैठक राख्ने विषयमा सहमति भएको हो।

सभामुख श्रेष्ठको सक्रियतामा बसेको सर्वदलिय वैठकमा फागुन १५ गते पुन: सर्वदलिय बैठक राख्ने र १६ गते प्रदेशसभाको बैठक बोलाउने विषयमा सहमति भएको हो ।

उनका अनुसार बैठकमा सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुको सहभागिता थियो । ‘अब बैठक बस्छ । कार्यसूची बैठक अगाडि नै तय गरिनेछ । सर्वदलीय सहमतिमा बैठक राखिएको हो,’खड्काले भने ।

प्रतिक्रिया दिनुहोस्