समाचार

ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा समाहित हुँदै

३ फाल्गुन २०७८, मंगलवार १६:००
ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा समाहित हुँदै

३ फागुन, काठमाडौ। आफूलाई सामाजिक अभियान्ता बताउँदै आएका ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित हुने भएको छ ।

मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई राप्रपामा समाहित गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति रहेको बताए ।

राप्रपाले समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने नीति लिएर यस कार्यका लागि महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।

वार्ताको क्रममा आफूहरुले एक पदाधिकारीसहित ७ जना केन्द्रीय सदस्य पाउने सहमति जुटेको शाही निकट स्रोतले जानकारी दियो। राप्रपामा समाहित भएपछि शाही राप्रपाको प्रवक्ता बन्ने स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्