समाचार

प्रचण्डका कारण एमसीसी विवादित बनेको उपाध्यक्ष पोखरेलको आरोप

३ फाल्गुन २०७८, मंगलवार १५:४३
प्रचण्डका कारण एमसीसी विवादित बनेको उपाध्यक्ष पोखरेलको आरोप

३ फागुन,काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण एमसीसी विवादमा परेको आरोप लगाएका छन् ।

जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राजतन्त्रदेखि एमसीसीसम्मका विषयमा प्रचण्डले दोहोरो चरित्र देखाएको आरोप लगाए ।

एमसीसीका बारेमा पार्टीका नेता तथा कार्यकर्ताबीच एकनासको गठबन्धन तथा विदेशी शक्तिलाई अर्काे किसिमको अभिव्यक्ति दिने दिएर एमसीसीलाई प्रचण्डले गिजोल्ने काम गरेको उनले आरोप लगाए । प्रचण्ड नेतृत्वको सरकारको पालामा स्वीकृत भएको एमसीसीलाई अहिले विवादमा पार्ने काम भइरहेको उनले बताए ।

राष्ट्रिय स्वाधिनताका विषयमा एमालेले कसैसँग सम्झौता नगर्ने बताउँदै उहाँले आन्तरिक विकासका लागि एमाले सरकारमा रहँदा गरेका निर्णयहरु अहिलेको सरकारले उल्टाएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्