समाचार

जबर्जस्तीकरणी गरेर फरार भएका युवक १५ वर्षपछि पक्राउ

३ फाल्गुन २०७८, मंगलवार १५:३४
जबर्जस्तीकरणी गरेर फरार भएका युवक १५ वर्षपछि पक्राउ

३ फागुन, सिन्धुपाल्चोक। जिल्ला प्रहरी कार्यालयले आफ्नै नाबालिका छोरीलाई जबर्जस्ती बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ ।

उनी गत माघ २८ गते १५ वर्षपछि साँगाचोक बजारबाट पक्राउ परेका हुन् ।  प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार २०६३ वैशाख १९ गते साविक ठूलो सिरुवारी–१, हाल चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित सल्लाघारी जंगलमा नाबालिका छोरीलाई जबरजस्ती करणी गरी दुलाल फरार भएका थिए ।

जिल्ला अदालतको सोमबारको आदेशले पूर्पक्षको लागि उनीलाई जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्