समाचार

महामारीमा पनि त्रिविमा १४९ दिन तालाबन्दी

३ फाल्गुन २०७८, मंगलवार ०३:००
महामारीमा पनि त्रिविमा १४९ दिन तालाबन्दी

३ फागुन, काठमाडौं । कोरोना महामारीका वेलामा पनि त्रिभुवन विश्वविद्यालय १४९ दिन तालाबन्दीको मारमा परेको छ । महामारीको वेलासमेत विद्यार्थी, शिक्षकले नै तालाबन्दी गरेकोमा त्रिवि परिषद्ले असन्तुष्टि जनाएको छ ।

त्रिवि परिषद्ले सोमबार विज्ञप्ति जारी गर्दै ६ माघदेखि विद्यार्थी संगठनहरूको इकाइ समिति र आंशिक शिक्षकको नाममा गत सातादेखि भएको तालाबन्दीप्रति असन्तुष्टि जनाउँदै खोल्न आग्रह गरेको छ ।

त्रिवि कार्यकारी परिषद्ले विज्ञप्तिमार्फत आफैँ तालाबन्दी गर्ने र विश्वविद्यालयको काममा गुनासो गर्नु दुखद रहेको पनि जनाएको छ । इकाइ समितिको मागअनुसार वार्ता समिति र उच्चस्तरीय छानबिन समिति गठन गरी वार्ता र छानबिन प्रकिया अगाडि बढाइएकोले तालाबन्दी खोल्न परिषद्ले आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘एकातिर तिनै तालाबन्दी गर्ने समूह त्रिविको शैक्षिक पात्रो नियमित नभएको, परीक्षाको नतिजा समयमा नआएको,  त्रिविको गुणस्तर खस्कँदै गएकोबारे भाषण गर्न पछि नपर्ने र अर्काेतर्फ तालाबन्दी गर्ने, कुर्सी जलाउने, तोडफोड गर्ने र शिक्षकमाथि मरणासन्न हुनेगरी कुटपिट गर्नसमेत पछि नपर्ने कार्य दुखद छ । नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस्